images
images
  • राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन

    काठमाडौँ‍- राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन् ।

    उनलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे ।

    त्यसअवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले रू पाँच अर्ब ६७ करोड २७ लाखको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको जानकारी दिए ।

    संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको उहाँले बताए ।

    भवनको आन्तरिक साजसज्जाका लागि रु दुई अर्ब ३४ करोड ५४ लाखमा सम्झौता भएको छ । हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ ।

    भवनमा एक हजार तीन सय ५१ वटा कोठा छन् जहाँ सङ्घीय संसद्का दुवै सदनका बैठक हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images