images
images
  • अटोमा बेहोस भएका पुरुषको मृत्यु, चालक र यात्रुसँग सोधपुछ गर्दै प्रहरी

    कैलालीको धनगढीमा अटो रिक्सामा बेहोस भएका एक जनाको मृत्युु भएको छ। सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४८८७ नम्बरको अटोमा सवार रहेका बेला बेहोस भएका धनगढी उपमहानगरपालिका-४ का ४६ वर्षीय भुवन खत्रीको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराकाअनुसार अटोमा सवार रहेका बेला खत्री एक्कासी बेहोस भएको थिए।

    उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। तर उनको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ।

    डीएसपी बोहराका अनुसार घटनाको बारेमा सोधपुछका लागि अटो चालक धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय नारायण थापा र अटोमा सवार यात्रु धनगढी-३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई नियन्त्रणमा लिइएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images