images
images
  • शाइन रेसुंगा बैंकले ५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर दिने, अध्यक्षमा थानेश्वर पौडेल

    बुटवल-शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.को १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

    ८ अर्ब अधिकृत पुँजी तथा जारी र चक्ता पुंजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकोमा बोनश शेयर वितरण पश्चात चुक्ता पुंजी ४ अर्ब ८७ करोड पुग्ने छ । साधारणसभाले संस्थापक शेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र विरेन्द्र भुसाल तथा सर्वसाधारण शेयरधनीबाट विरेन्द्र विष्ट,नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको थियो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए ।

    सभापश्चात बसेको सञ्चालक समितिको वैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।सञ्चालक समितिमा डा. हिमाल भट्टराई र विरेन्द्र भुसाल नयाँ हुन् भने बाँकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् ।

    नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले शहरी क्षेत्रसंगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुंच बढाउने उद्देश्यले बैंकले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरु विस्तार गरेको र डिजिटल बैकिङलाई थप प्राथमिकता दिएर अगाडि बढ्ने बताए । बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैक हो । बैंकका ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटीएम मेशिन सञ्चालनमा छन् । ७ लाख ५ हजार ५८ जना वचतकर्ता रहेको बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ ।

    बैंकमा ७३८ जना कर्मचारी कार्यररत छन् । बैंकको पछिल्लो वित्तीय विवरण अनुसार कूल निक्षेप ६७ अर्ब १७ करोड,९५ लाख,कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रति शेयर आम्दानी १४.४८ रहेको छ । बैंकको पूजिकोष अनुपात १२.५६ प्रतिशत छ । बैंकले गत वर्ष इमर्जिङ एशिया बैकिंङ अवार्ड अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि र नेपालमा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओको तलब भत्ता १ करोड बढी, सञ्चालकलाई भत्ता कति ?

    prakash poudel ceo srdbशाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/०८१ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड १५ लाख १ हजार ९९ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ । बैंकले सीईओ प्रकाश पौडेललाई तलब, भत्ता, दशैं, बोनस, सञ्चयकोष तथा बिदा वापतको १ करोड १५ लाख १ हजार ९९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकले उपदान वापत ४ लाख भुक्तानी गरेको जनाएको छ । सीईओले पाएको तलब बापत राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् ।

    बैंकले गत आवमा सञ्चालक लगायतलाई विभिन्न भत्ता बापत २५ लाख ६२ हजार ४३० रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १० हजार र अन्य सदस्यलाई प्रति बैठक ९ हजार भुक्तानी दिएको जनाएको छ ।

    आव २०८०/०८१ मा सञ्चालक समिति बैठक भत्ता ११ लाख २५ हजार, लेखापरीक्षण समितिको बैठक भत्ता १ लाख १७ हजार, जोखिम व्यवस्थापन समितिको बैठक भत्ता १ लाख ८ हजार, कर्मचारी सेवा सुबिधा समितिको बैठक भत्ता २७ हजार र सम्पत्ती शुद्धीकरण निवारण समितिको बैठक भत्ता बापत ६३ हजार सहित १४ लाख ४० हजार रुपैयाँ भत्ता भुक्तानी गरेको छ । यस्तै यातायात, सञ्चालक शिक्षा तथा अन्य खर्च (उप-समिति बैठक खर्च समेत) वापत ११ लाख २२ हजार ४३० रुपैयाँ रहेको छ ।

    यी हुन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ठूला २७ सेयरधनी
    बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व थानेश्वर पौडेलको रहेको छ । बैंकमा उनको २.२९ प्रतिशत सेयर स्वामित्व छ । यस्तै धनेन्द्र कार्कीको १ प्रतिशत, बाल कृष्ण भुसालको ०.९८ प्रतिशत, दिलिप राज मास्केको ०.७९ प्रतिशत, राजेन्द्र प्रसाद श्रेष्ठको ०.७६ प्रतिशत, मृगेन्द्र प्रसाद श्रेष्ठको ०.६९ प्रतिशत, कृष्ण प्रसाद शर्माको ०.६८ प्रतिशत सेयर स्वामित्व छ । यस्तै बैंकमा भुवन भण्डारीको ०.६५ प्रतिशत, कृष्ण प्रसाद भण्डारीको ०.६३ प्रतिशत, मिना कुमारी श्रेष्ठको ०.६० प्रतिशत, सुरेन्द्र प्रसाद श्रेष्ठको ०.६० प्रतिशत, ईश्वर प्रसाद पौड्यालको ०.६० प्रतिशत, भेषराज पाण्डेको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

    बैंकमा जनक प्रधानको ०.५९ प्रतिशत, दान बहादुर कुँवर क्षेत्रीको ०.५९ प्रतिशत, केदारमान कक्षपतिको ०.५७ प्रतिशत, मेघराज कक्षपतिको ०.५७ प्रतिशत, बिष्णु प्रसाद शर्माको ०.५७ प्रतिशत, महेश्वर प्रसाद श्रेष्ठको ०.५७ प्रतिशत सेयर स्वामित्व छ । यस्तै बैंकमा सुरेश कुमार धरेवालको ०.५६ प्रतिशत, हरि प्रसाद प्रधान ०.५५ प्रतिशत, सुश्मा क्षेत्री ०.५२ प्रतिशत, नारायण प्रसाद अग्रवाल ०.५२ प्रतिशत, सुरज उप्रेती ०.५२ प्रतिशत, भवलक्ष्मी श्रेष्ठको ०.५१ प्रतिशत, टंकेश्वर खनालको ०.५० प्रतिशत र बिरेन्द्र भुसालको ०.५० प्रतिशत सेयर स्वामित्व छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images