images
images
  • थप २ हजार ४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु


    काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    ७ हजार १० पीसीआर परीक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।

    पछिल्लो २४ घण्टामा ३६६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images