केही दिनयता सामाजिक सञ्जालमार्फत फोन वा मेसेज गरी सरकारी कर्मचारी तथा आम नागरिकलाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सजग रहन नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुरोध गरेको छ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक होबीन्द्र बोगटीले शुक्रबार विज्ञप्ति जारी गरी अनलाइन ठगी के कसरी भइरहेको छ भन्ने जानकारी गराएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी संदिग्ध फोन नम्बरहरू सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरहरूबाट आएका फोन तथा मेसेजहरू नउठाउन तथा रिप्लाई नगर्न हुनसमेत अनुरोध गर्दछौँ।’
यस क्रममा सीआईबीले हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारमा कर्मचारीहरूको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी गरिएको सम्बन्धमा अनुसन्धान जारी रहेको जानकारी पनि गराएको छ।

प्रतिक्रिया दिनुहोस्























