images
images
  • गाडीले किच्दा प्रहरी निरीक्षकको मृत्यु

    काठमाडौं । सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

    यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा उक्त हताहत भएको हो ।

    ‘नियतबास गाडीले हानेको जस्तो देखिँदैन,’ सहायक प्रवक्ता थापाले भने, ‘अनियन्त्रित भएर पल्टिँदा किचेको जस्तो देखिएको छ ।’

    उपचारका लागि अस्पताल पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images