images
images
  • नालीमा ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु

    काठमाडौँ । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार मंगलबार बिहान साढे ३ बजे आलिताल गाउँपालिका–१ घण्टेश्वरमा ट्याक्टर दुर्घटना भएको हो।

    दुर्घटनामा परेर मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुरका ३० वर्षीय विशाल चौधरी छन्।

    भीमदत्त राजमार्गअन्तर्गत साहुखर्कबाट गैरातर्फ आउँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नालीमा पल्टिँदा चालक चौधरी च्यापिएका थिए।

    प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images