images
images
  • एमालेबाट निष्कासित भीम रावलले १७ गते नयाँ पार्टी घोषणा गर्ने, सबै दलका असन्तुष्ट नेतासँग भेट !

    काठमाडौं – नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आगामी पुस १७ गते पार्टी घोषणा गर्ने अन्तिम तयारी गरेको रावल निकट स्रोतले जनाएको छ ।

    रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेसँगै पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।

    रावल निकट स्रोतका अनुसार आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी पत्रकार सम्मेलन आयोजना गर्ने पनि तयारी भइरहेको छ । केहि तलमाथि भएन भने १७ गते १ बजे रावल नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी घोषणा हुनेछ ।

    सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।

    उनीहरूबीच टोखास्थित निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर बलियो शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव राखेको बताइएको छ ।

    मल्ला कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध बिग्रिएपछि उनी कांग्रेस बीपीतिर लागेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।

    जोशी भने नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन् । २०७९ को निर्वाचनमा डडेल्धुरा प्रतिनिधिसभाअन्तर्गतको प्रदेश सभा २ बाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका हुन् ।

    यी बाहेक अन्य नेता कार्यकर्तासँग पनि रावलले भेटघाट बढाएका छन् । एमाले, कांग्रेस, समाजवादी, माओवादी, रास्वपा लगायतका दलका असन्तुष्ट नेता कार्यकर्तालाई नयाँ दलमा भित्र्याउने रावलको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images