images
images
  • सिमलतालमा बस दुर्घटना हुँदा ६ जना घाइते

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

    बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ६ यात्रु घाइते भएका हुन्।

    घाइते यात्रुहरुलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्।

    बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो।

    दुर्घटनास्थल जलविरेबाट करिब दुई किलोमिटर अगाडि नारायणगढतर्फ पर्दछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images