images
images
  • फेसबुकले फेरि नयाँ सुविधा थप्दै

    एजेन्सी । विश्वभर लोकप्रियता कमाएको सामाजिक सञ्जाल फेसबुकले फेरि नयाँ विषेशता थप्ने तयारी गरेको छ । अब फेसबुकले अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी गरेको व्यवस्थापकीय अधिकारीहरुले बताएका छन् ।

    यो सेवा लिनलाई भने आगामी जुन २२ सम्म पर्खिनु पर्नेछ, फेसबुक प्रयोगकर्ताहरुले । फेसबुकको व्यवस्थापकीय कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो ।

    परीक्षणको नतिजा उपलब्धिजनम भएपछि विशेषता थप्ने तयारी भएको हो । पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ ।

    अडियो सेवाका बारेमा इमेलमार्फत जानकारी दिने र जोड्न सकिने बताइएको छ । फेसबुकको न्युज फिडमै अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images