पोखरा । पाेखराकाे सेती नदी खाेंचमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेकाे छ । पाेखरा ९ स्थित पार्वती टोल नजिकै गएराति करिब सवा ९ बजे हिंड्ने क्रममा स्थानीय ६१ वर्षका उजिरबहादुर पुन एक्कासि खाेंचमा खसेका थिए ।
खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्दार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई निजकाे सकुशल उद्दार गरेको कालिका गणका गणपति एसपी अरुण शर्माले बताए।
पुन घरदेखि नजिकै डिंड्ने क्रममा अचानक धाँजा फाटेको ठाउँमा करिब१५ मिटर तल खाेंचमा खसेकाे थिए । सशस्त्र प्रहरीको उध्दार टोलीले राति १० बजेर २० मिनेटमा उद्दार गर्न सफल भएको हाे ।
उनकाे टाउकोमा सामान्य चोट लागेको छ । उनकाे हाल गण्डकी मेडिकल कलेज, नयाँबजारमा उपचार भइरहेको गणपति एसपी शर्माले बताए।
प्रतिक्रिया दिनुहोस्























