पोखरा-सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि बिहीबार कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।
प्रहरीले रविसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराएको हो।
अब रविसहितको बयान हुनेछ।
छविको बयान सकिसकेको छ भने लिलाको बयान न्यायाधीश नीतिज राईको इजलासमा जारी छ।
कास्की सरकारी वकिलको कार्यालयले गत आइतबार मात्र रविसहित ४४ विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाएको थियो।
प्रतिक्रिया दिनुहोस्























