सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढी पीडितलाई विद्यार्थी नेता तथा प्रदेश सांसद र पूर्वआईजीपीले राहत सामग्री प्रदान गरेका छन् । अनेरास्ववियु केन्द्रीय सदस्य जस्मीन ओझा र अवानी पौडेलको नेतृत्वमा सिन्धुपालचोकका बाढी पीडितलाई सहयोग प्रदान गरिएको हो ।
बाग्मती प्रदेश सांसद प्रकाश श्रेष्ठले १० बोरा चामल, ५ काटुन चाउचाउ पठाएका थिए भने नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले स्वास्थ्य सामग्री दिए ।
बाढी पीडितलाई अधिकांशले व्यक्तिगत सहयोग गरेका छन् । राहतमा ५० बोरा चामल, १५ काटुन चाउचाउ, २०० प्याकेट बिस्कुट, २५ प्याकेट माक्स, २५० वटा स्यानिटरी प्याड तथा महिनावारी हुँदा खाने औषधि र लुगाकपडा दिइएको छ ।
अनेरास्ववियु केन्द्रीय सदस्य जस्मीन ओझाले भनिन्, ‘हामीले व्यक्तिगत रूपमा राहत दिएका हौँ । महिलालाई स्यानिटरी प्याड दिनुपर्छ भन्ने आवश्यक लागेर मैले प्याड र महिनावारी हुँदा खाने औषधि मेटाफेल्स दिएकी छुँ ।’


विश्व खबर 




















