काठमाडौं– चितवनको घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्ड गए रातिदेखिनै दुईतर्फी अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको र केहीबेरमा सडक सुचारु हुने भएको छ ।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार थप पहिरो नखसेमा केहि समयमा नै भित्र पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने अनुमान गरिएको छ ।
यसअघि आइतबार र सोमबार पनि सोही ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस्






















