images
images
  • विपद् उद्धार तथा सुरक्षामा खटिने कुकुरहरू सम्मानित

    काठमाडौं– सशस्त्र प्रहरीको ‘सर्च एन्ड रेस्क्यु’ ट्रेडमा कार्यरत ‘साम्वा’ राष्ट्रसेवक कुकुरलाई विशेष सम्मान गरिएको छ ।

    कुकुर तिहारको अवसरमा नक्सालस्थित नारायणचौर पार्कमा आज आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरीको ती कुकुरलाई विशेष सम्मान गरिएको हो ।

    कार्यक्रममा तालिमप्राप्त कुकुर ‘साम्वा’ लाई मुख्य मञ्चमा राखी पूजा अर्चनाका साथ विशेष सम्मान’ गरेको हो । ल्याब्राडोर जातको साम्वाले भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिहरूको खोज तथा उद्धारका क्रममा १५ वटा शव पत्ता लगाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको थियो ।

    यसैगरी सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको बलम्बुस्थित पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरी कुकुर तिहार मनाएको छ ।

    मानव सुरक्षा, अपराध अनुसन्धान, सीमा सुरक्षा सुदृढीकरण र प्राकृतिक विपद् व्यवस्थापनमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रसेवक कुकुरहरूको पूजा अर्चना गर्नुकासाथै तिनको उत्कृष्ट व्यावसायिक क्षमता र विविध कौशलको प्रदर्शन गरिएको थियो ।

    सशस्त्र प्रहरी बल नेपालका तालिमप्राप्त कुकुरहरू सुरक्षा चुनौतीहरू सामना गर्न र प्राकृतिक विपद्का कठिन परिस्थितिहरूमा उद्धार कार्यका लागि महत्त्वपूर्ण आधारका रूपमा समेत रहँदै आएका छन् ।

    1000454297

    1000454299

    1000454300

    1000454301

    1000454302

    प्रतिक्रिया दिनुहोस्
    images
    images