images
images
  • सहकारी ठगी प्रकरणमा छविको बयान- ‘ग्यालेक्सीमा पैसा ल्याउने जीबी र खर्च गर्ने रवि हुन्, म कहिँ पनि जोडिँदैन’

    काठमाडौं – गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीले ग्यालेक्सी टीभी सञ्चालनका लागि पैसा ल्याउने सबै काम गितेन्द्रबाबु (जीबी) राईले गरेको र खर्च गर्ने काम रवि लामिछानेले गरेकोले आफ्नो यसमा कुनै स‌ंग्लग्नता नरहेको बयान दिएका छन् ।

    कास्की प्रहरीले दर्ता गरेको पुरक अभियाोग पत्रमा उल्लेख बयानमा जोशीले सहकारीबाट पैसा ल्याउने कुनैपनि प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका हुन् ।

    गितेन्द्रबाबु राईले पैसा जुटाउने र रवि लामिछानेले खर्च गर्ने गरेको जोशीको बयान छ । गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको बैंकको खातामा रकम जुटाउने कार्य गितेन्द्र बाबु राईबाट र बैंकमा मौज्दात रहेको रकम खर्च गर्ने कार्य रवि लामिछानेले गर्ने गरेको जोशीको बयान छ ।

    ग्यालेक्सी टिभी सञ्चालनमा गितेन्द्रबाबु राई र रवि लामिछाने सबै प्रक्रियामा सहभागी रहेको जोशीको बयान छ ।

    ‘निज गितेन्द्र बाबु राईले के कहाँबाट, कुन कुन तवरले रकम कम्पनीमा ल्याई सञ्चालन गरेका थिए मलाई थाहा भएन’ जोशीको बयानमा भनिएको छ, ‘टिभी सञ्चालनमा आएपछि आवश्यक रकम जुटाउने कार्य गितेन्द्र बाबु राईले गरेका र टिभी सञ्चालनको लागि भवन निर्माण, डोकोरेशन, स्याटलाइट जडित अध्याधुनिक क्यामेरा लगायतको विभिन्न सामग्री खरीद, कर्मचारी र पत्रकारहरुको छनोट, नियुक्ती, तलबको मापन लगायतको सम्पूर्ण कार्य गितेन्द्र बाबु राई र रवि लामिछानेबाट भएको ।’

    जोशीले रवि र जिबीको मिलिमतोमै सबै काम भएको हो भनेपछि लामिछानेमाथि लागेको आरोपमा छविको बयानलाई पनि प्रमाणका रुपमा राखिएको छ ।

    रविले ग्यालेक्सीमा आएको पैसा परिवारका सदस्यको खातामा हालेर लाभ लिएको भन्दै प्रहरीले सम्पत्ती सुद्धिकरणको मुद्दा लगाउन सिफारिस गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images