images
images
  • काठमाडौं महानगरले अनामनगरको कवाडी गाेदाममा चलायो डाेजर

    काठमाडौं- काठमाडौं‌ महानगरपालिकाले महानगर २९ अनामनगरमा रहेका कवाडी गोदाम काठमाडौं महानगरपालिका ले डाेजर चलाएकाे छ ।

    वस्तीका बिचमा रहेका कवाडी गोदामका कारण जोखिम उत्पन्न भएको भन्दै महानगरले गत वैशाखमा कवाडी गोदाम हटाएकाे थियाे ।

    यसैक्रममा महानगरले बिहीबार वडा-२९ अनामनगरमा रहेको कवाडीखानालाई स्थानीय जनप्रतिनिधि र महानगर प्रहरी बलद्वारा हटाएको छ।

    महानगर प्रहरीले दाेस्राे पटक डोजर प्रयोग गरेर कवाडी गोदाम भत्काएको हो।

    काठमाडौं महानगरमा बालेन शाह मेयर निर्वाचित भएपछि चक्रपथ भित्र भएका कवाडी गोदामलाई चक्रपथ बाहिर सार्ने योजना अघि सारेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images