images
images
  • एमाले सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा : ‘परिणामले गम्भीर भएका छौं’

    काठमाडौं – सत्ताको नेतृत्व गरिरहेको दल नेपपा एमालेले स्थानीय तह उपनिर्वाचनको परिणामले गम्भिर बनाएको बताएको छ ।

    गत १६ मंसिरमा भएको उपनिर्वाचनमा एमालेले अधिकांश ठाउँमा जित हात पार्ने अनुमान गरेपनि सत्ता बाहिर बसेको दल नेकपा माओवादी केन्द्रले चुनावमा महत्वपूर्ण पदहरु जितेको थियो ।

    मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै यसलाई गम्भीरतापूर्वक लिएको एमालेले जनाएको छ ।

    ‘यो परिणामलाई हामीले गम्भीरतापूवर्क लिएका छौं,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौं, त्यहाँ आउन नसकेको परिणामप्रति हामी गम्भीर पनि भएका छौं ।’

    कीर्तिपुरको चुनावी परिणामलाई सबै साना ठूला राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएका थिए । तर, यस अघि २०७९ मा भएको स्थानीय निर्वाचन जितेको नेपाली कांग्रेसले नै उक्त पालिकाको नेतृत्व हत्याएको थियो । चुनवा जित्ने लक्ष्यसहित पार्टी पंक्ति परिचालन गरेको नेकपा एमाले त्याहाँ तेस्रो शक्ति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images