images
images
  • धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्कघात, नेपालमा सम्भव नभएपछि दिल्ली लगियो

    काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि शनिवार नयाँ दिल्ली लगिएको छ।

    नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायका अनुसार उनलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि आज नयाँ दिल्ली लगिएको हो ।

    श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । स्थितीमा सुधार नआएपछि शनिवार बिहान दिल्ली लगिएको हो ।

    विसं २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका थिए ।

    स्वतन्त्र रुपमा निर्वाचित भएर राम्रो काम गर्ने जनप्रतिनिधिको रुपमा हमाल देशविदेशमा परिचित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images