images
images
  • सपथग्रहणमै पक्राउ परेका नवनिर्वाचित वडाध्यक्षविरुद्ध दुई जनाको हत्या, बलात्कार र अपहरणको मुद्दा

    काठमाडौं – सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह बिहीवार सपथ लिँदालिँदै पक्राउ परेका छन् ।

    निर्वाचित भएपछि सपथ लिने क्रममा उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले पक्राउ गरेको हो ।

    नवनिर्वाचित वडाध्यक्ष बलात्कार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानकोसाेत कसुरमा संलग्न रहेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनीविरुद्ध यी ३ वटै कसुरमा अनुसन्धान भइरहेको छ ।

    उनी दुई व्यक्तिको हत्यादेखि बलात्कार र अपहरण तथा बेपत्ताको कसुरमा पनि जोडिएको प्रहरीको भनाइ छ ।

    करिब तीन वर्ष अघि १२ चैत २०७८ मा साह लगायतका व्यक्तिहरुले एक महिलालाई बलात्कार गरेको आरोप छ । १७ साउन २०७९ मा हुलाक मार्फत आएको जाहेरीमा बलात्कार र कर्तव्य ज्यानको कसुर खुलाइएको थियो ।

    त्यसपछि १० जेठ २०८० मा जिल्ला सरकारी वकिल कार्यालय हुँदै इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा व्यक्ति बेपत्ता रहेको सम्बन्धमा अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमासमेत जाहेरी परेको खुलेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images