images
images
  • प्रधानमन्त्री ओली र एनपिसीका अध्यक्षबीच मैत्रीपूर्ण भेटवार्ता

    बेइजिङ – चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच भेटवार्ता भएको छ ।

    त्यस अवसरमा उहाँहरुबीच नेपाल-चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो ।

    यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । आजै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो ।

    प्रधानमन्त्री ओलीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो अपराह्न यहाँ आइपुग्नुभएको हो । रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images