images
images
  • स्थानीय तह उपनिर्वाचनले माओवादीमा उत्साह : पालिकामा पहिलो, वडामा दोस्रो दल

    काठमाडौं – स्थानीय तह उपनिर्वाचनमा वडा अध्यक्ष बाहेक पालिका प्रमुख र उपप्रमुखको हालसम्म आएको नतिजामा नेकपा माओवादी केन्द्र पहिलो दल बनेको छ ।

    माओवादीले १ प्रमुख र २ उपप्रमुखसहित ३ ठाउँमा विजयी झण्डा फहराउँदा एमालेले प्रमुख र उपप्रमुख १/१ ठाउँमा जितेको छ ।
    नेपाली कांग्रेस भने अहिले सम्म प्रमुख/उपप्रमुखमा जीतबिहिन छ ।

    माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिको प्रमुख, जाजरकोटको नलगाड नगरपालिका र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपप्रमुख जितेको छ ।

    नेकपा एमालेले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपप्रमुख जितेको छ ।

    नेपाली कांग्रेसले भने प्रमुख र उपप्रमुखमा अहिलेसम्म खाता खोल्न सकेको छैन ।

    वडा अध्यक्षमा माओवादी दोस्रो दल

    प्रमुख र उपप्रमुख जित्न नसकेको कांग्रेसले वडा अध्यक्ष भने १६ ठाउँमा जितेको छ । दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले ६ र नेकपा एमालेले ५ ठाउँमा वडा अध्यक्ष जितेका छन् ।

    जसपाले दुई ठाउँमा, रास्वपा, नेमकिपा र स्वत्नत्रले १/१ ठाउँमा वडा अध्यक्ष जितेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images