images
images
  • टिकटकर गिभिना मगरलाई दु:ख माथि दु:ख : एकै दिन गुमाइन आमा र भाइ ! 

    काठमाडौं – चर्चित टिकटकर गिभिना मगरका आमा र भाइको एकै रात मृत्यु भएको छ ।

    शुक्रबार साँझ पोखरामा आमा ५५ वर्षीया धनकुमारी बुढालाई ट्रकले ठक्कर दिएपछि अस्पतालमा उनको मृत्यु भएको थियो। केही समय पछि २६ वर्षीया भाइले पनि आत्महत्या गरेको पुष्टी भएको छ ।

    ग २ ख १४६० नम्बरको ट्रकले जेब्राक्रसमा बाटो काट्दै गर्दा ठक्कर दिएपछि गम्भीर घाइते भएकी गिभिनाकी आमालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालले राति नै मृत घोषणा गरेको थियो ।

    अस्पतालमा आमाको मृत्युपछि घर फर्किएका गिभिनाका भाइ २६ वर्षका रामकुमार बुढाले सोही राती आत्महत्या गरेका हुन् । पोखरा महानगरपालिकाका प्रवक्ता एवम् वडा नं २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले भाइको मृत्यु भएको पुष्टी गरेका छन् ।

    ‘आमा दुर्घटनामा परेपछि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा आमाको मृत्यु भएपछि साथीहरूसँगै घर फर्किएका थिए। भोलि चाँडै उठ्नुपर्छ भन्दै राति साथीहरूलाई सुत्न पठाएका रहेछन्। पछि आफूले झुण्डिएर आत्महत्या गरेछन्,’ तिम्सिनाले भने ।

    गिभिनाले भने भाइ हराएको भन्दै राति टिकटकमा लाइभ आएर जहाँ भए पनि आउन अनुरोध गरेकी थिइन् ।

    पूर्वी रुकुम घर भएका गिभिनाको परिवार हाल पोखरा महानगरपालिका-२५, याम्दीमा बस्दै आएका छन् । गिभिनाको एक साताअघि मात्रै विवाह भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images