images
images
  • बिहीबार थपिए २ हजार ६०७ संक्रमित, ३९ जनाको मृत्यु


    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६०७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७११ जनाको पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८३९ जना गरी २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट २ हजार १४१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images