काठमाडौं – जुम्लाबाट कैलालीको टिकापुरका लागि छुटेको बस दैलेखमा दुर्घटना भएको छ ।
दैलेखको आठबिस नगरपालिका–३ दुइसिस्ने भन्ने ठाउँमा ना ४ ख ६०५६ नम्बरको बस दुर्घटना भएको हो ।
स्थानीयका अनुसार बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाबाट मानवीय क्षति नभए पनि यात्रुहरू घाइते भएका छन् ।
घाइतेहरूमा ४ जना महिला, २ पुरुष र २ बच्चालाई एम्बुलेन्सबाट प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पठाइएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोप बहादुर महताराले जानकारी दिए ।
उनका अनुसार अहिले प्रहरीको टोली पुगेर उद्धारको कार्य अघि बढाएको छ ।
अन्य यात्रुहरू सामान्य घाइते भएका छन् । बसमा कति यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । प्रहरीका अनुसार बस भित्तामा ठोकिएको अवस्थामा छ । दुर्घटनाको कारण खुलिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्





















