images
images
  • एनपीएलको ‘पावरड बाई’ प्रायोजकमा एनसेल

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को एनसेलले पनि प्रायोजन गर्ने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको हो ।

    एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो ।

    Ncell Becomes Powered By Sponsor 1536x933 1

    ब्राण्ड लजिकले यसअघि, एनपीएलको मुख्य प्रायोजकका रूपमा सिद्धार्थ बैंकलाई अनुबन्ध गरिसकेको छ।

    प्रतियोगिता मंसिर १६ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रशारणका लागि विश्वप्रसिद्ध खेलकुद च्यानल ‘स्टार स्पोर्ट्स नेटवर्क’सँग प्रशारण सम्झौता गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images