काठमाडौं – कीर्तिपुर नगरपालिकाकी कार्यवाहक कार्यबाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता)को कार्यकक्षमा वडाध्यक्षले तोडफोड गरेका छन् ।
वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्षमा शनिबार दिउँसो तोडफोड गरेका हुन् ।
कर्मचारीहरूले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित उनी कामु मेयरको कार्यकक्षमा पुगेका थिए । त्यही विषयमा विवाद हुँदा उनले टेबुल फुटाएको स्रोतले जानकारी दियो ।
विभिन्न विषयमा छलफलका लागि बोलाइएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएको भन्दै वडाध्यक्षले कार्यबाहक मेयरको कार्यकक्षमा रहेको टी टेबल फुटाएका हुन् ।
नगरपालिकामा माधवप्रसाद ढकाल प्रमुख प्रशासकीय अधिकृत छन् ।
कार्यबाहक मेयर शाक्यले वडाध्यक्षले माफी नमागेसम्म फुटेको टेबुल नउठाउने अडान लिएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्