images
images
  • विश्वकप छनोट : अर्जेन्टिनालाई पराजित गर्दै पराग्वे विजयी

    हेटौँडा – विश्वकप छनोट खेल अन्तरगत दक्षिण अमेरिकी समूहको शुक्रवार बिहान सम्पन्न खेलमा अर्जेन्टिनालाई पराजित गर्दै पराग्वे विजयी भएको छ ।

    सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनालाई पराग्वेले २–१ ले पराजित गरेको हो ।

    खेलमा मार्टिनेजले ११ औँ मिनेटमा अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । तर खेलको १९ औँ मिनेटमा पराग्वेका एन्टनियो सनाब्रीयाले बराबरी गोल फर्काए ।

    पहिलो हाफ ११ को बराबरीमा सकिएको खेलको दोस्रो हाफको ४७ औँ मिनेटमा पराग्वेले गोल गर्न सफल भयो । उसको लागि उमर एल्डरेटले गोल गरेपछि खेल पराग्वेले जित्यो ।

    जितसँगै पराग्वे ११ खेलबाट १६ अङ्क सहित तालिकाको छैटौँ स्थानमा हुँदा हारको बाबजुद पनि अर्जेन्टिना २२ अङ्क सहित तालिकाको पहिलो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्

    images