images
images
  • सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी सरस्वती राजी मृत फेला, ‘मन्दिरमै झुन्डिएर आत्महत्या !’

    सुर्खेत – सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मन्दिरमै मृत फेला परेकी छन् ।

    अन्दाजी ५० वर्षीया पुजारी सरस्वती राजी मन्दिरको मुलढोकामै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

    वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११, बस्ने राजी बिहान ५ बजेतिर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    deuki mandir

    प्रहरीले बिहान साढे ५ बजेतिर उक्त घटनाबारे जानकारी पाएको थियो । अहिले घटनास्थल घेरबार गरेर राखेको थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।

    देउती बज्यै मन्दिर कर्णाली तथा सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा राजी समुदायबाट पुजारी रहँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images