images
images
  • पोखरामा सहकारी पीडितबाट घेरियो रास्वपा, आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ।

    पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको छ । सहकारी ठगीको आरोपमा लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो।

    कास्कीको मात्रै आन्दोलनले खासै उपलब्धि नहुने र त्यहाँ सहकारी पीडितबाटै घेरिन थालेपछि रास्वपाका नेता कार्यकर्ता केन्द्रबाटै दबाव दिन भन्दै काठमाडौं केन्द्रित हुन थालेका हुन् ।

    सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै रास्वपाले आज दिउँसो १ बजेदेखि काठमाडौंको माइतिघर मण्डलामा प्रर्दशन गर्ने जनाएको छ ।

    हिजो मात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

    हिजै रुपन्देही जिल्ला अदालतले पनि लामिछानेसहित १२ जनालाई सहकारी ठगी आरोपमा पक्राउका लागि अनुमति दिएको छ ।

    सभापति लामिछाने तत्काल हिरासतमुक्त नहुनेदेखेपछि रास्वपाले सरकारविरुद्ध दवाव बनाउन काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images