काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको एकैपटक सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रिपरिषद्ले निर्णय गरेको ४ दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सूची सार्वजनिक गरेको हो ।
सरकारले विभिन्न मन्त्रालयका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा ठूलो संख्यामा सहसचिवको पदस्थापन गरेको छ ।
डिला राम पन्थी अर्थमन्त्रालयबाट, विष्णु भण्डारी भौतिक पूर्वाधारबाट, अण प्रसाद न्यौपाने शिक्षा मन्त्रालयबाट र बाबुराम भण्डारी सञ्चार मन्त्रालयबाट लुम्बिनी प्रदेशमा सरुवा भएका छन् ।
रामकुमार महतो लोकसेवा आयोगबाट, दामोदर गौतम पर्यटनबाट, विनयकुमार कर्ण पशु सेवा विभागबाट र जयकुमार घिमिरे गृह मन्त्रालयबाट मधेश प्रदेशमा सरुवा भएका छन् ।
बद्रिनाथ अधिकारी नीति आयोगबाट, रुद्रप्रसाद पण्डित योजना आयोगबाट र राजेन्द्रदेव पाण्डे गृहबाट गण्डकी प्रदेशमा सरुवा भएका छन् । अधिकारी प्रदेश प्रमुखको कार्यालयमा सरुवा भएका हुन् ।
इन्द्रदेव भट्ट ऊर्जा मन्त्रालयबाट र इश्वर चन्द्र मरहठा शहरी विकासबाट कर्णाली प्रदेशमा सरुवा भएका छन् ।
शरणकुमार पाण्डे भूमि व्यवस्थाबाट र प्रेम कुमार सिंह भौतिक पूर्वाधारबाट कोशी प्रदेशमा सरुवा भएका छन् ।
सुरत कुमार बम खानेपानी मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशमा सरुवा भएका छन् भने बेदप्रसाद भण्डारी सुदूरपश्चिमबाट बागमती प्रदेशमा सरुवा भएका छन् ।
प्रतिक्रिया दिनुहोस्