images
images
  • ग्लोबल आइएमईले बैंकले ३० मेगावाटको सोलार आयोजनामा लगानी गर्ने, ‘अहिलेसम्मकै ठूलो आयोजना’

    काठमाडौं – ग्लोबल आइएमई बैंकले नेपालकै ठूलो सोलार आयोजनामा कर्जा लगानी गर्ने भएको छ ।

    प्राइम पावर लिमिटेडले प्रवर्द्धन गर्ने सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धमा बैंक र पावरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका छन् ।

    समझदारी अनुसार प्राइम पावर लिमिटेडले कपिलवस्तु जिल्लामा निर्माण गर्ने ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजना  बैंकले कर्जा लगानी गर्ने छ ।

    साथै, उक्त अवसरमा प्राइम पावर लिमिटेडका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत खरिदका साथै चनौटा स्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत जोड्नका निमित्त नेपाल विद्युत प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको पनि जानकारी गराएका थिए ।

    यस परियोजनामा संलग्न लगानीकर्ता समूहद्वारा विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनाहरुमा समेत लगानी रहेको हु्ँदा यस समूह सौर्य ऊर्जा क्षेत्रमा नेपालकै अग्रणी समूह हो ।

    नेपालमा सञ्चालित सौर्य परियोजनाहरु मध्य उक्त परियोजना सौर्य ऊर्जाअन्तर्गत विद्युत क्षेत्रको सबैभन्दा ठूलो क्षमताको परियोजना हुने दाबी गरिएको छ । हाल सञ्चालनमा रहेका सौर्य परियोजनाको अधिकतम क्षमता २५ मेगावाट मात्रै रहेको छ ।

    बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युतमा सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images