images
images
  • स्थानीय तह उपचुनाव : छ मध्ये तीन पालिकामा महिला उम्मेदवार उठाउनै पर्ने आयोगको निर्णय

    काठमाडौं । दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार उठाउने पर्ने भएको छ ।

    निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा १६ मंसिरमा तोकिएको स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार उठाउन दलहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।

    कीर्तिपुर नगरपालिका, काठमाडौं, ग्रामनाथ गाउँपालिका मोरङ, महाबु गाउँपालिका, दैलेखको प्रमुख पदमा उपचुनाव हुनेछ । तीनै पालिकामा उपप्रमुख महिला छन् । त्यसैले तीन वटै पालिकामा दलहरुले महिला वा पुरुष उम्मेदवार बनाउन सक्छन् ।

    नलगाड नगरपालिका, जाजरकोट, गौरीशंकर गाउँपालिका, दोलखा र स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरामा उपप्रमुखका लागि उपचुनाव हुनेछ । तीन वटै पालिकामा हाल प्रमुख पुरुष छन् । निर्वाचन आयोगको पछिल्लो निर्णयअनुसार तीन वटै पालिकाको उपप्रमुखमा दलहरुले अनिवार्य रुपमा महिला उम्मेदवार उठाउनुपर्ने छ ।

    संविधान र कानुनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न यो निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images