images
images
  • छक्कापञ्जा ५ को कमाइ १० करोड नाघेको दाबी, सामाजिक सञ्जालमा भने नकारात्मक टिप्पणी धेरै

    काठमाडौं । प्रदर्शनको छैटौं दिन मंगलबारसम्म ‘छक्कापञ्जा ५’ फिल्मले न्यूनतम १० करोड ग्रस कमाइ गरेको दाबी गरिएको छ ।

    वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख रुपैयाँ हाराहारीमा कमाइ गरसकेको छ ।

    वितरक कम्पनीले गरेको प्रक्षेपणको आधारमा फिल्मको पहिलो हप्ताको कमाइ १२ करोड हाराहारी हुने अनुमान गरिएको छ ।

    तर, छक्का पञ्जा फिल्मलाई लिएर सामाजिक सञ्जालमा भने नकारात्मक टिप्पणी धेरै भइरहेको छ । निर्माताले दबाब र प्रभावमा पारेर हलमा धेरै शो लिएको, अन्य फिल्मलाई अपायक समयमा १/१ वटा मात्रै शो दिइएको, ग्रस कलेक्शनको ठूलो हिस्सा हलवालाई दिएर सबै समय छक्का पञ्जा मात्रै देखाएको आरोप लाग्दै आएको छ ।

    फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे (माग्ने बुढा) लगायतको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images