images
images
  • सबैभन्दा ठूलो परिवार ३८ श्रीमती, ८९ छोराछोरी र ३३ नाति नातिना भएका जिओना चानाको निधन


    काठमाडौं । विश्वकै सबैभन्दा ठूलो परिवार भएका भारतमा जिओना चानाको ७६ वर्षको उमेरमा निधन भएको छ । एनडीटीभीका अनुसार ३८ श्रीमती, ८९ छोराछोरी र ३३ नातिनातिना भएका जिओनाको आइतबार निधन भएको हो ।

    ७६ वर्षीय जिओनाको आइतबार निधन भएको मिजोरमका मुख्यमन्त्री जोरमथाङ्गाले जनाएका छन्।

    उनका ३८ श्रीमती र ८९ सन्तान रहेका छन्। जिओनाको परिवारबाट कुनैपनि सन्तान छुटिएका छैनन्। उनको परिवार एकसय कोठाको घरमा सँगसँगै बस्छन्।

    राज्यको बकटावंग गाउँ जिओनाको सबैभन्दा ठूलो परिवार भएको कारण राज्यको मुख्य पर्यटनको आकर्षण मानिन्थ्यो। उनको परिवारसँग भेटघाट गर्नकै लागि देश तथा विदेशबाट पर्यटकहरू पुग्ने गरेका छन्।

    जिओनाको परिवार ठूलो भएपनिकुनै आर्थिक समस्या छैन। सबै सन्तान आत्मनिर्भर रहेको एनडीटिभीले जनाएको छ।

    उनको परिवार अहिले कम्तिमा दुईसय सदस्य रहेका छन्। ती मध्ये १४ बुहारी छन् भने ३३ नाति–नातिनी रहेका छन्। उनी दुनियाँको सबैभन्दा ठूलो परिवार बताउँथे र गौरवानिवत समेत महसुस गर्थे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images