images
images
  • कसरी पुग्यो नेशनल हाइड्रोपावर घाटामा ?

    काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको  गत  आर्थिक वर्ष २०८०|८१  मा साढे दुई करोड नोक्सानीमा देखिएको छ । अघिल्लो आवमा कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनी २ करोड ४९ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।

    आइतबार कम्पनीले प्रकाशन गरेको गत आव को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  हाइड्रोको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढेको हो ।  अघिल्ले आवमा कम्पनीले ४ करोड ६८ लाख २९ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । तर, गत आवमा आइपुग्दा भने १४.११ प्रतिशत घटेर ४ करोड २ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।

    कम्पनी वित्तीय खर्च १४९.२८ प्रतिशत बढेर ६२ लाख ७२ हजार रुपैयाँ पुगेको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १.०१ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ भने १०० रुपैयाँ ४२ पैसा छ ।

    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने ९५ लाख रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images