images
images
  • आम्दानी बढ्दा पनि कसरी घट्यो सर्वोत्तम सिमेन्टको नाफा?

    काठमाडौं । सर्वोत्तम सिमेन्टको गत आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा कम्पनीको नाफा १८.५१ प्रतिशत घटेको हो । अघिल्लो आर्थिक वर्षमा २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षमा १७ करोड ४२ लाख रुपैयाँ कमाएको छ ।

    कम्पनीको सञ्चालन आम्दानी भने १८.४७ प्रतिशत बढेर ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ३८ करोड रुपैयाँ थियो। आम्दानी बढेपनि बिक्री लागत बढ्दा नाफामा दबाब परेको देखिन्छ। बिक्री लागत २६.५१ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड ७६ लाख ४७ हजार रुपैयाँ छ ।

    नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर ३ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ।

    ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ।  कम्पनीको दीर्घकालीन ऋण १३ करोड ५७ लाख मात्रै देखिए पनि छोटो अवधिका ऋण तथा सापटी भने २ अर्ब ९२ करोड छ । कम्पनीको बजार मूल्य हाल प्रतिकित्ता ९९० रुपैयाँ छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images