काठमाडौं । नेपाल राष्ट्र बैंकले एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ।
नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको लाइसेन्स विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो । राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न लाइसेन्स पाएका रेन्बो मनि एक्सचेञ्ज प्रा.लि. र कसा मनि एक्सचेञ्ज प्रा.लि. को लाइसेन्स रद्द भएको हो ।
नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ ९चौथो संशोधनसहित० को विनियम १९ को उप – विनियम ९३० मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















