सुखेंत । सामाजिक अभियान्ता भनेर चिनिने ज्ञानेन्द्र शाही र सुर्खेतको वीरेन्द्रनगर–१३ का युवाबीच शुक्रबार राति भएको झडपको विवाद टुंगिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दुवै पक्षले आ–आफ्नो गल्ती स्वीकार गरेपछि विवाद समाधान भएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।
शाहीको टोलीले झुटा आरोप लगाएकै भरमा काम गरी खाने मजदुरलाई थुनिएको भन्दै रिहाइको माग गर्दै आइतबार दिउँसो स्थानीयले प्रदर्शन गरेका थिए। शाहीको टोलीबाट उल्टै अन्यायमा परेका मजदुरहरुलाई थुनेको भन्दै स्थानीयले प्रहरीको चर्को विरोध गरेका थिए ।
रातिको ११ बजे मदिरा सेवन गरी आएको ज्ञानेन्द्र शाहीको टोलीले मजदुर युवामाथि हातपात गरेको भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध पनि चर्को नारा लगाएका थिए ।
‘दुई पक्षले कम्प्रमाईज गरेपछि विवाद समाधान भएको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता घर्तीमगरले भने, ‘विवाद समाधान भएपछि पक्राउ परेका पाँचै जना छुट्नु भएको छ ।
ज्ञानेन्द्र शाहीको टोली पनि आफ्नो गल्ती स्वीकार गरी गएको घर्तीमगरले बताए । झडपपछि वीरेन्द्रनगर—१३ का सुजन सारू मगर, ललित गाहा, टंक सलामी, घनश्याम सलामी र नवराज गिरीलाई प्रहरीले पक्राउ गरेको थियो ।


विश्व खबर 




















