काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अबधिमा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९९४ जना कोरोना संंक्रमित निको भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















