images
images
  • भारतमा खाना पकाउने ग्यास पड्किदा बझाङ घर भएका एकै परिवारका ५ जनाको मृत्यु

    काठमाडौ- भारतको बेंग्लोरमा खाना पकाउने ग्यास पड्किदा बझाङ घर भएका एकैघरका ५ जनाको मृत्यु भएको छ ।

    बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ सुइल घर भई विगत ६ वर्ष देखि वेंग्लोरमा रोजगारी गर्दै आएका मदन बोहराको ५ जनाकै परिवारको मृत्यु भएको हो ।

    राति खाना खाएर घरमा सुतिरहेको बेला ग्यास लिक भएर पड्किदा उनीहरू घाइते भएका थिए । उपचारका लागि भिक्टोरिया अस्पताल लगिए पनि उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृत्यु हुनेमा मदन बोहरा,उनी श्रीमती प्रेमजला धामी बोहरा,छोरीहरू अनिता बोहरा,निता बोहरा र छोरा प्रशान्त बोहराको मृत्यु भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images