images
images
  • गण्डकी प्रदेश: समय सीमा आज दिउँसो ३ बजे सकिँदै , बन्लान् त मुख्यमन्त्री पोखरेल ?

    काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमा आज दिउँसो ३ बजे सकिँदै छ।

    उसो त मुख्यमन्त्री पदमा दाबी गर्दै विपक्षी गठबन्धनका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबारै बहुमत ३१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाइसकेका छन् भने त्यसको सनाखतसमेत भइसकेको छ।तर प्रदेश प्रमुख सीता पौडेलले आज दिउँसो ३ बजेसम्म निर्णय दिने बताएकी छन्।

    कांग्रेस गण्डकी संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा समर्थन गर्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जनै प्रदेश सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका थिए।

    किनकि केन्द्रमा राष्ट्रपतिले शेरबहादुर देउवाको दाबीलाई खारेज गरेर संसद् विघटनगरेजस्तै होला कि भन्ने चिन्ता उनीहरूलाई थियोरछ।

    यसकारण विपक्षी गठबन्धन आज निर्णय नहुँदासम्म ढुक्क छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images