images
images
  • एमालेको विज्ञप्ति : नरोत्तम वैद्यको अभिव्यक्ति आपत्तिजनक, फौजदारी कानुन आकर्षित हुन्छ

    काठमाडौं । बागमती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ।

    एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार बिहान विज्ञप्ति जारी गरी वैद्यको अभिव्यक्तिको घोर भर्त्सना गरेका हुन्।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ।’

    यस्तै यो विषय फौजदारी कानुनसमेत आकर्षित हुने विषय भएको उल्लेख गर्दै एमालले यस विषयमा सम्बद्ध राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराएको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ।’

    शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images