images
images
  • काठमाडौं उपत्यकामा थपिए १ हजार १ सय ४० कोरोना संक्रमित


    काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    काठमाडौँका ९२१, ललितपुरका १६३ तथा भक्तपुरका ५६ जनामा संक्रमण पुष्टि भएको हो।

    यसैगरी देशभर पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    शुक्रबार ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images