images
images
  • संस्कृतिविद् सत्यमोहन जोशी बिरामी, अस्पतालमा उपचार


    काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । १०२ वर्षका जोशीको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको हो ।

    इमाडोलस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ । जोशीलाई बुधबार अस्पताल लगिएको हो ।

    अस्पतालका अनुसार, डा. मिलेसजंग सिजापतिको नेतृत्वमा उपचार भइरहेको छ । जोशीलाई निमोनिया देखिएको जनाएको छ ।

    कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ । किष्ट अस्पतालले यसअघिदेखि नै जोशीको स्वास्थ्य परीक्षण गर्दै आएको छ ।

    @BIgyepti

    प्रतिक्रिया दिनुहोस्
    images
    images