images
images
  • प्रेमको चर्चाबीच अञ्जली भन्छिन् – समय आएपछि भन्छु

    काठमाडौं – म्युजिक भिडियोकी व्यस्त अभिनेत्री अञ्जली अधिकारी प्रेमको कारण चर्चामा छिन् । केही समयदेखि सामाजिक सञ्जालमा उनले एक युवकसँगको रोमान्टिक तस्वीर सेयर गरिरहेकी छन् ।

    फेसबुक स्टोरीमा उनले केही समययता लगातार ती युवकसँगका अन्तरंग फोटो सार्वजनिक गरेपछि उनको प्रेमको चर्चा सुरु भएको हो । आइतबार पनि ती युवकसँगको रोमान्टिक फोटो इन्स्टाग्राममा सेयर गरेकी छन् ।

    उक्त फोटोको क्याप्सनमा रातो मुटुको इमोजी उल्लेख गरेकी छन् । यो इमोजी र फोटोको भावले उनी प्रेममा छिन् भन्ने कुरा बुझ्न कठिन छैन । फोटोको कमेन्टमा पनि फ्यानले सुन्दर जोडी भन्दै प्रशंसा गरेका छन् ।

    तर ती युवक को हुन् भन्नेबारे उनले खुलाएकी छैनन् । निकट स्रोतले पनि उनी ती युवकसँग प्रेम सम्बन्धमा रहेको दाबी गर्‍यो । केही मिडियासँगको कुराकानीमा पनि ‘समय आएपछि आफैं जानकारी गराउँछु’ भनेर बताएकी छन् ।
    अधिकारीले अभिनय गरेका बोलमाया र गलबन्दी रुचाइएका गीत हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images