images
images
  • थुनुवालाई भगाउने एर आफू पनि भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

    काठमाडौं – लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राययादव १६ वर्षपछि पक्राउ परेका छन ।
    महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई २०६४ सालमा भगाएर आफू पनि भागेका यादव यही माघ ११ गते पक्राउ परेका हुन । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट माघ पक्राउ परेको हो ।

    रौतहटको पथरावुधराम–३ घर भई सोही कार्यालयको हिरासत कक्षमा कार्यरत प्रहरी जवान यादवले नक्कली चिट आफैं बनाई आफैंले फिल्ड अधिकृत इन्सपेक्टरको किर्ते दस्तखत समेत गरी इन्सपेक्टर साबले बोलाउनु भएको छ भनी हिरासत कक्षबाट हतकडी सहित बाहिर निकालेर भगाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images