images
images
  • सुनको मूल्य घट्यो, चाँदीको स्थिर

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

    आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलामा १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ ।

    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम थियो ।

    यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको एक हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images