images
images
  • सानिमा बैंकद्वारा छुट अफर घोषणा

    काठमाडौँ । सानिमा बैंकले नयाँ वर्ष २०२४ को विशेष अवसरमा ग्राहकहरूका लागि छुट अफरको घोषणा गरेको छ ।

    आइतवारदेखि माघ ११ गतेसम्म चल्ने योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरूले जारी शुल्कमा २४ प्रतिशतको छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

    सानिमा बैंकले विभिन्न सुविधा दिएर नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । बैंकले सातै प्रदेशका एक सय ३३ वटा कार्यालय र एक सय २३ एटीएममार्फत सेवा दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images