images
images
  • आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

    गत शुक्रबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार चाँदी मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images